बैतडी – सुदूरपश्चिममा आज पनि बर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम सहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्णरुपमा बद्ली भएको हो ।
केही दिनदेखि मौसममा आएको परिवर्तनले पहाडी र हिमाली क्षेत्रमा ह्वात्तै चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ ।
बर्षासंगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज राति पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ भने पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले जनाएका छन् ।
भोलि भने आजको भन्दा मौसममा केही सुधार आउने मौसमविद्को अनुमान छ । तर, पूर्णरुपमा मौसम खुल्न समय लाग्ने मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८ ०९:२७
प्रतिक्रिया दिनुहोस्