Sagun Khabar
बैतडीमा लापरवाहीले कोभीड संक्रमण फैलिँदै 

बैतडी –बैतडीमा कोभीड संक्रमण रोकथाम र न्यूनीकरणका लागि स्थानीय प्रशासनले आदेश जारी गरेको भएपनि लापरवाही गर्दा कोरोना संक्रमण फैलिँदै गएको छ । जिल्लामा दिनानुदिन कोरोनाका संक्रमित बढ्दै गएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । कोरोना संक्रमण बढ्दै गएपनि स्वास्थ्यका मापदण्ड पालना लापरवाही भएको उनले बताए । उनले भने ‘स्वास्थ्यको मापदण्ड भन्ने कुरा अहिले नारामै मात्र सीमित भएको छ । कसैले मास्क लगाएको देखिदैन । बजारमा पनि भीडभाड उस्तै छ ।’

कोरोना संक्रमण रोकथाम र न्यूनीकरणमा स्थानीय सरकारहरुले पनि खासै पहल गरेका छैनन् । सीमा नाका झुलाघाटमा कोरोना पुष्टि भएकाहरु पनि सिधै घर पुग्ने गरेका छन् । होम आइसोलेसनमा बस्ने भन्दै संक्रमितहरु गाउँगाउँमा पुग्दा कोरोना समुदायस्तरमै पुगिसकेको जोशीले बताए । उनले भने ‘अहिलेको नयाँ भेरियन्ट समुदायमा फैलिसकेको छ । हामी सचेत भएनौं भने समस्या आउन सक्छ ।’

Atrya hospital

जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले आदेश जारी गरेर सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरेको छ भने आलोपालो सेवा दिने गरेको छ । सार्वजनिक सेवा लिँदा स्वास्थ्यका मापदण्ड पालाना गर्ने गरेको भएपनि सार्वजनिक यातायात अन्य ठाउँमा यसको पालना नभएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । उनले भने ‘सार्वजनिक यातायात र बजारमा स्वास्थ्यका मापदण्ड त्यति पालना गरेको पाइदैन् । हामीले अनुगमन गरेर स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिरहेका छौं ।’

जिल्लाका विभिन्न स्थानमा कोरोनाका लक्षण भएका बिरामीहरु बढ्दै गएका छन् । तर परीक्षणको दायरा भने बढाउन सकिएको छैन् ।  
 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update