Sagun Khabar
कञ्चनपुरमा थप २१९ जनामा कोरोना पुष्टि 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६०१ जनाको ऐन्टिजेन र १३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा थप २१९ जनामा संक्रमण फेला परेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । 

जसमध्ये भारतबाट भित्रिएकाहरु मात्रै ६६ जना रहेको कार्यालयले जनाएको छ । भारतमा संक्रमितको संख्या बढेपछि सीमा नाका गड्डाचौकीमा कोरोना परीक्षण गर्दा ६६ जनामा कोरोना भेटिएको हो । 

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय ८७ पुगेको छ । हालसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६ पुगेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update