Sagun Khabar
बैतडीको सुर्नयाले अनुदानमा हिउँदे फलफूलका बिरुवा वितरण गर्ने 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले अनुदानमा हिउँदे फलफूलका बिरुवा वितरण गर्ने जनाएको छ । गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिने भएकाले माघ १७ गतेभित्र निवेदन दिन आग्रह गरेको छ ।

फलफूलका बिरुवा आवश्यक भएका किसानहरुले नागरिकताको प्रतिलिपि सहितको निवेदन गाउँपालिकामा बुझाउन आग्रह गरेको हो । 

Atrya hospital

गाउँपालिकाले प्रकाशन गरेको सूचनामा ५० प्रतिशत अनुदान दिँदा दाँते ओखर प्रतिबोट २२ रुपैैंया, आरु प्रतिबोट २७ रुपैंया ५० पैसा, नासपाती प्रतिबोट ३८ रुपैंया ५० पैसा र कागजीबदाम प्रतिबोट ३३ रुपैंया मूल्य पर्ने जनाइएको छ । 

हिउँदे फलफूलका बिरुवा रोप्ने किसानहरुलाई सहज होस भनेर फलफूलका बोट खरीदमा अनुदान दिईएको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update