बैतडी –सुदूरपश्चिममा सोमबार थप ५५० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा १ हजा। ५४७ जनाको नमूना परीक्षण गर्दा थप ५५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा २२४ जना र एन्टीजेन विधिबाट परीक्षण गर्दा ३२६ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट प्रदेशमा थप एकजनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १ का ७७ बर्षीय संक्रमित पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६३ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८ १७:३८
प्रतिक्रिया दिनुहोस्