Sagun Khabar
जंगली बँदेलको आक्रमणबाट घाइते भएका बैतडीका जोशीको मृत्यु 

बैतडी – जंगली बँदेलको आक्रमणबाट घाइते भएका बैतडीका मन्नाम भनिने (मनोरथ जोशी)को मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका १ घोरडीका अन्दाजी ७७ बर्षीय जोशीको उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनका भतिजा नवीन जोशीले बताए । 

जोशीको शरीरभरी बँदेलले टोकेर घाउ बनाएको थियो । सोमबार राती नै अस्पताल पुर्याएको भएपनि उनको बाटोमै मृत्यु भएको हो । 

Atrya hospital

सोमबार साँझ ५ बजेतिर जंगलबाट गाउँमा पसेको जंगली बँदेलले चारजनालाई घाइते बनाएको थियो । घाइते मध्ये स्थानीय ५० बर्षीय बल्देव कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको जोशीले बताए । 

यस्तै जंगली बँदेलको आक्रमणबाट समान्य घाइते भएका सोही ठाउँका बीरभान सार्की र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  ०७:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update