Sagun Khabar
डम्मर हत्या प्रकरण : स्थानीय  जनप्रतिनिधिले भेट समेत नगरेको भन्दै पीडित परिवार आक्रोशित

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ६ का डम्मर अवस्थीको शव फेला परेको १२ दिन बढी भईसक्दा समेत परिवारले शव बुझेका छैनन् । घटना सुनियोजित रूपमा भएको र घटनाका दोषीहरु लुकाउन सेटिङ भईरहेको आरोप लगाउँदै परिवारजनले शव नबुझेका हुन् । 

१२ दिनदेखि अस्पतालमा शव रहँदा समेत बाँकी दोषी पत्ता लगाउन स्थानीय सरकारले समेत कुनै पहल नगरेको मृतकका दाजु दिवाकर अवस्थीले बताए । 

परिवार पीडामा हुँदा समेत वडा र पालिकाका जनप्रतिनिधिहरूले पीडित परिवारलाई नभेटेको उनीहरुले गुनासो गरेका छन् । 

Atrya hospital

डम्मर हत्यामा संलग्नता स्विकारेका हरिश अवस्थीले अपहरणको नाटक गर्दा सबैले उद्धार गरिदिन विभिन्न माध्यमबाट पहल गरेपनि डम्मरको हत्या हुँदा समेत कसैले घटना प्रति चासो नदिनुले हत्या सुनियोजित हो कि भन्ने आशंका लाग्न थालेको पिडित परिवारको आरोप छ । 

क्रुरता पुर्वक डम्मरको हत्या भएपछि गाउँ नै त्रास हुँदा समेत स्थानीय सरकारले केही भूमिका नखेलेको पीडित परिवारको आरोप छ । 

स्थानीय सरकार सबैको अभिभावक भएपनि राजनीतिक रुपमा हेरिएको मृततका दाजु दिवाकर अवस्थीले आरोप लगाए । उनले भने ‘ स्थानीय सरकार हामी सबैको अभिभावक हो जस्तो लाग्थ्यो तर यहाँ न्याय समेत पाउन सकिएको छैन् । सुर्नया गाउँपालिका र वडाको नेतृत्व पनि कांग्रेसले नै सम्हालेको र घटनामा हत्या स्विकारेका र आशंका गरिएका व्यक्ति समेत कांग्रेस कार्यकर्ता भएकोले घटनाको अनुसन्धानमा सेटिङ भईरहेको छ हाम्रो आशंका छ । शंकाको घेरामा रहेका व्यक्तिहरुलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छैन् ।’

घटनाका दोषीलाई कारवाही गर्न गाउँपालिकाले एक विज्ञप्ती समेत ननिकालेको मृतकका दाजु तीर्थराज अवस्थीले बताए । 

स्थानीय जनप्रतिनिधिहरुले डम्मरको हत्याका दोषीहरुलाई कानुनी कठघरामा उभ्याउन पहल गर्नुभन्दा पनि परिवारलाई शव बुझ्न दबाब दिने गरेको विप्लवका एक नेताले बताए । उनले भने ‘हामी पनि यस घटनाको सुक्ष्म अध्ययन अनुसन्धान गरिरहेका छौ  । हाम्रो पार्टीले इमान्दार कार्यकर्ता डम्मरलाइ गुमाएको पिडामा छौं । पीडित परिवारलाई न्याय दिलाएरै छोड्छौं ।’

आफूहरुले पीडित परिवारलाई राहत दिनुपर्ने माग गरेपछि पालिकाले बल्ल २५ हजार रुपैया विनियोजन गरेको र यो पार्याप्त नभएको विप्लव नेतृत्वको नेकपाले बताएको छ । 

बाँकी दोषीहरुलाई कारवाही नगरेमा आफ्नो जनअदालतबाट कारवाही गर्ने विप्लव नेतृत्वको माओवादीले जनाएको छ ।
यता पालिका र वडाका जनप्रतिनिधिहरूले भने हामी घटना बारे अनुसन्धानमा सहयोग गर्न र पिडित परिवारलाइ क्षतिपूर्ति दिने बिषयमा पहल गरिरहेको बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १०:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update