Sagun Khabar
बैतडीकी दिपीकालाई सहयोग रकम हस्तान्तरण 

बैतडी –आर्थिक अभावमा उपचार गराउन समस्या झेलीरहेकी बैतडीको पाटन नगरपालिका ९ की दिपीका भाटलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । फोक्सोमा दाग देखिएपछि उपचारमा समस्या भएको भन्दै उनकी आमाले सहयोगको लागि अपिल गरेकी थिइन् । 

सोही अपिल अनुसार सामाजिक अभियान्ता भोजराज जोशी र शिवांश हेल्प फाउन्डेसनले सहयोग रकम संकलन अभियान सञ्चालन गरेको थियो । सोही अभियान अन्तर्गत संकलन भएको ४१ हजार ७५० रुपैंया दिपीकाकी आमा माया भाटलाई सोमबार हस्तान्तरण गरिएको शिवांश हेल्प फाउन्डेसनका अध्यक्ष महेश अवस्थीले बताए । 

Atrya hospital

दिपीकाको समस्याका बारेमा सामाजिक अभियान्ता भोजराज जोशी (क्वालिटी)ले जानकारी दिएपछि शिवांश हेल्प फाउन्डेसनले पनि अभियान सञ्चालन गरेको अवस्थीले बताए । अभियानमा जनक चन्द, बमबहादुर कार्की,जिवन नेगी लगायतले सहयोग गरेको सामाजिक अभियान्ता जोशीले बताए । 

छोरीको अझै फलोअपमा गइराख्नुपर्ने भएकोले सहयोगी मनहरुलाई सहयोग गरिदिन दिपीकाकी आमा मायाले आग्रह समेत गरेकी छिन् । दिपीकाका बुवाको ८ महिना अघि मात्रै निधन भएको थियो । श्रीमानको समेत मृत्यु भएपछि माया भाटलाई छोरीको उपचारमा निकै समस्या भएको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update