Sagun Khabar
मनकारी भट्ट:कोरोनाका बिरामीका लागि निशुल्क गाडी उपलब्ध गराउने घोषणा 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ का समाजसेवी लक्ष्मीदत्त भट्टले कोरोनाका बिरामीहरुलाई जिल्ला अस्पताल सम्म पुर्याउन निशुल्क गाडीको उपलब्ध गराउने घोषणा गरेका छन् । 

आर्थिक अभाव र समस्याका कारण जिल्ला अस्पातल सम्म पुग्न नसकेकाहरुका लागि निशुल्क रुपमा आफ्नो स्कारपियो गाडी उपलब्ध गराउने भट्टले बताए । उनले भने ‘अहिले कोरोनाको महामारी छ । कतिपय नागरिक यातायातका साधन नहुँदा समयमै अस्पताल पुग्न सकेका छैनन् । कतिपय आर्थिक अवस्थाको अभावमा अस्पताल पुग्न सकेका छैनन् । उनीहरुका लागि निशुल्क रुपमा गाडी उपलब्ध गराउनेछु ।’

Atrya hospital

बा ११ च ४९९६ नम्बरको स्कारपियो समस्यामा परेका नागरिकहरुका लागि चौबिसै घण्टा प्रयोग गरिने भट्टले बताए । कतिपय नागरिकहरु समस्याका कारण समयमै अस्पताल पुग्न नसकिरहेकाले आफूले सो घोषणा गरेको उनले बताए । 

कोरोना महामारीसम्म निशुल्क रुपमा गाडी उपलब्ध गराइने भट्टले बताए । उनले भने ‘कोरोनाको महामारी सम्म निशुल्क रुपमा गाडी उपलब्ध गराइनेछ ।’ 
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update