Sagun Khabar
बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु 

बैतडी –बैतडीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ५ का ६२ बर्षीय महिलाको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

यही वैशाख २३ गते भर्ना अस्पतालमा भर्ना भएका ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो । अक्सिजन सपोर्टमा उपचार गराईरहेका ती महिलाको सोमबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । 

Atrya hospital

मृतक महिलाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । अस्पतालमा अहिले १२ जना संक्रमितको उपचार भईरहेको छ भने ती मध्ये दशजनाको अक्सिजन सपोर्टमा उपचार भईरहेको डा. जोशीले बताए । 

जिल्लामा अहिले सम्म कोरोना कारण ८ जनाको मृत्यु भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update