Sagun Khabar
बैतडीमा शुक्रबार थप ३० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २ सय नाघ्यो 

बैतडी –बैतडीमा शुक्रबार थप ३० जनामा कोरोन पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको एन्टीजेन परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए । 

आज कोरोना पुष्टि हुनेमा पाटन नगरपालिकाका ११ जना, पुर्चौंडी नगरपालिकाका ४ जना, शिवनाथ गाउँपालिकाका २ जना र दशरथचन्द नगरपालिकाका एकजना रहेका छन् । यस्तै जिल्ला बाहिरका ३० जनामा पनि आज संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

Atrya hospital

शुक्रबार थप ३० जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय नाघेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २१२ पुगेको श्रोत व्यक्ति सुवेदीले बताए । कोरोनाको तेश्रो लहर आएपछि जिल्लामा पहिलो पटक सक्रिय संक्रमितको संख्या दुई सय नाघेको हो । 

सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ५३ जना, दशरथचन्द नगरपालिकामा ५० जना, मेलौली नगरपालिकामा २५ जना र पुर्चौंडी नगरपालिकामा १६ जना रहेका छन् । 

यस्तै सिगास गाउँपालिकामा ८ जना, पञ्चेश्वर गाउँपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा ३ जना, शिवनाथ र दोगडाकेदार गाउँपालिकामा २÷२ जना र डिलाशैनी गाउँपालिकामा एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका ४७ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार जिल्लाभरी १६ जना संक्रमणमुक्त भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update