बैतडी – सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ४८६ जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन परीक्षण गर्दा २९७ र पीसीआर परीक्षण गर्दा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ । ४ हजार ९८२ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ का ७५ वर्षीय पुरुष र भीमदत्त नगरपालिका वडा नम्बर ८ का ७५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८ १७:४१
प्रतिक्रिया दिनुहोस्