बैतडी –बैतडीमा १२ बर्ष माथिका १ लाख बढी नागरिकले कोरोना विरुद्ध पूर्ण खोप पाएका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा १ लाख ६ हजार २५२ जनाले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् । यस्तै १ लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १२ बर्ष माथिका पूर्ण खोप लगाउने ३९.५ प्रतिशत रहेका छन् भने पहिलो मात्रा लगाउने ५२.२ प्रतिशत रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । १८ बर्षमाथि ६०.३ प्रतिशत नागरिकले पूर्ण खोप पाएका छन् भने ६१.१ प्रतिशतले पहिलो मात्रा खोप पाएका छन् ।
सबैभन्दा बढी दशरगथचन्द नगरपालिकामा २४ हजार १६७ जनाले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् २२ हजार ११८ जनाले पूर्ण मात्रा लगाएका छन् । यस्तै पुर्चौंडी नगरपालिकामा २० हजार ८०१ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने १२ हजार ७९१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । पाटन नगरपालिकामा १५ हजार ३२५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार १४२ जनाले पूर्ण मात्रा खोप पाएका छन् । यसैगरी मेलौली नगरपालिकामा १३ हजार ६५९ जनाले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् भने ७ हजार ४९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यस्तै डिलाशैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् भने ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने ८ हजार ५९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यस्तै सुर्नया गाउँपालिकामा ९ हजार ३१४ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने ६ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी सिगास गाउँपालिकामा ९ हजार ८८ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने ६ हजार ४०९ जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९७० जनाले पहिलो मात्रा खोप लगाएका छन् भने ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी शिवनाथ गाउँपालिकामा ७ हजार ३५० जनाले पहिलो मात्रा खोप लगाएका छन् भने ४ हजार ४८० जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।