Sagun Khabar
बैतडीका दशओटै स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित

बैतडी –कोरोनाको तेश्रो लहर फैलिएपछि बैतडीमा पहिलो पटक दशओटै स्थानीय तहमा कोरोना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितको संख्या दुई सय नाघेको छ भने १० ओटै स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए । 

संक्रमणदर बढ्दै गईरहेकाले सक्रिय संक्रमितको संख्या बढ्दै जाने अनुमान गरिएको उनले बताए । जिल्लामा २१२ जना सक्रिय संक्रमित रहेका र उनीहरु होम आइसोलेसनमै बसीरहेका सुवेदीले बताए । 

Atrya hospital

सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ५३ जना, दशरथचन्द नगरपालिकामा ५० जना, मेलौली नगरपालिकामा २५ जना र पुर्चौंडी नगरपालिकामा १६ जना रहेका छन् । 

यस्तै सिगास गाउँपालिकामा ८ जना, पञ्चेश्वर गाउँपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा ३ जना, शिवनाथ र दोगडाकेदार गाउँपालिकामा २÷२ जना र डिलाशैनी गाउँपालिकामा एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका ४७ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

होम आइसोलेसनमा बस्दा स्वास्थ्यका मापदण्ड अपनाउन नसके परिवारका अन्य सदस्यहरुलाई पनि संक्रमण जोखिम बढ्ने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । होम आइसोलेसनमा बस्दा संक्रमितहरुले अलगै कोठामा बस्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, खानपीनका लागि अलगै भाँडाको प्रयोग गर्नुपर्ने उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  ०९:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update