Sagun Khabar
बैतडीमा शनिबार थप ४२ जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा शनिबार थप ४२ जनामा कोरोना पुष्टि भएको छ । पिसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ जना र एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए । 

कोरोना पुष्टि हुनेमा पुर्चौंडी नगरपालिकाका १६ जना, पाटन नगरपालिकाका १२ जना, दशरथचन्द नगरपालिकाका ४ जना, शिवनाथ गाउँपालिकाका २ जना र सिगास गाउँपालिकाका एकजना रहेका छन् । यस्तै जिल्ला बाहिरका ७ जनामा पनि शनिबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

Atrya hospital

शनिबार थप ४२ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या २४८ पुगेको छ । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ६५ जना, दशरथचन्द नगरपालिकामा ५४ जना, पुर्चौंडी नगरपालिकामा ३२ जना र मेलौली नगरपालिकामा २५ जना रहेका छन् । 

यस्तै सिगास गाउँपालिकामा ८ जना,पञ्चेश्वर गाउँपालिकामा ५ जना,  शिवनाथ गाउँपालिकामा ४ जना, सुर्नया गाउँपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा २ जना र डिलाशैनी गाउँपालिकामा एक जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै बैतडीमा जिल्ला बाहिरका ४९ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार जिल्लाभरी ६ जना संक्रमणमुक्त भएका छन् । 
 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update