बैतडी –सुदूरपश्चिममा शनिबार थप २६९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा १ हजार १६९ जनाको नमूना परीक्षण गर्दा थप २६९ जनामा कोरोना पुष्टि भएको हो । एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १४५ र पीसीआर विधिबाट गरिएको परीक्षणमा १२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २९९ जना संक्रमणमुक्त भएका निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, माघ १५, २०७८ १७:५२
प्रतिक्रिया दिनुहोस्