Sagun Khabar
बैतडीमा आइतबार थप ११ जनामा कोरोना पुष्टि, १४ जना संक्रमणमुक्त 

बैतडी –बैतडीमा आज थप ११ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको एन्टीजेन परीक्षणबाट थप ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए । 

आज संक्रमण पुष्टि हुनेमा दशरथचन्द नगरपालिकाका तीन जना, शिवनाथ गाउँपालिकाका दुई जना, पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाका एक÷एक जना रहेका छन् । यस्तै जिल्ला बाहिरका ३ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज १४ जना संक्रमणमुक्त भएका छन् । 

Atrya hospital

आइतबार थप ११ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या २४५ पुगेको छ । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ६० जना, दशरथचन्द नगरपालिकामा ४९ जना, पुर्चौंडी नगरपालिकामा ३३ जना र मेलौली नगरपालिकामा २६ जना रहेका छन् । 

यस्तै सिगास गाउँपालिकामा ८ जना, शिवनाथ गाउँपालिकामा ६ जना, पञ्चेश्वर गाउँपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा २ जना र डिलाशैनी गाउँपालिकामा एकजना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै बैतडीमा जिल्ला बाहिरका ५२ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update