Sagun Khabar
शहीद दशरथचन्दको जन्मघर ‘पाहुना घर’

बैतडी –शहीद दशरथचन्दको जन्मघरलाई पाहुना घर बनाइएको छ । दशरथचन्द नगरपालिका ५ बस्कोट स्थित शहीद चन्दको जन्मघरलाई पाहुना घर बनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए । प्रतिष्ठनको अगुवाईमा शहीद चन्दको जन्मघरलाई पाहुना घर बनाइएको उनले बताए । 

चन्दको जन्मघरलाई जिर्णोद्वार गरी पाहुनाघर निर्माण गरिएको अध्यक्ष चन्दले बताए । ४ कोठे घरलाई मर्मत गरिएको छ भने शौचालय पनि निर्माण गरिएको छ । उनले ‘शहीद दशरथचन्दको जिवनीका बारेमा जानकारी लिन चाहनेहरुका लागि त्यतै बसोबासको व्यवस्था छ । अहिले सम्म हामीले प्रतिष्ठानले प्रकाशन गर्दै आएको सुशील स्मारिका त्यहाँ राखेका छौं । अन्य थप पाठ्य सामग्रीका लागि पनि हामीले पहल गरिरहेका छौं ।’

Atrya hospital

शहीद दशरथचन्दको जन्मघरलाई उहाँको जीवनको श्रोतको रुपमा विकसित गर्ने उद्देश्य रहेको स्मृति प्रतिष्ठानले जनाएको छ । शहीद चन्दको नाममा खोलिएको प्रतिष्ठानले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ ।

दशरथ चन्दको जन्म वि. सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । 

त्यसअघि उनले नेपालगंज, भारतको अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा शिक्षा ग्रहण गरेका थिए । तत्कालीन राणा सरकारले वि. सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।

शहीद दशरथचन्दका बारेमा जानकारी गराउन प्रतिष्ठानले काम गरिरहेको भएपनि सरकारी स्तरबाट खासै सहयोग हुन नसकेको प्रतिष्ठानका अध्यक्ष चन्दले बताए । 
 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update