Sagun Khabar
बैतडीमा (१२–१७) उमेरका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोश्रो डोज दिइँदै 

बैतडी –बैतडीमा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई आजदेखि मोडर्ना खोपको दोश्रो डोज लगाउने कार्य शुरु हुँदैछ  । यसअघि पहिलो मात्रा लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा दिने कार्य शुरु हुने  स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए ।

गएको महिना मोडर्ना खोपको पहिलो मात्रा लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा दिइने उनले बताए । यसका लागि दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिका बाहेकका सबै पालिकाहरुमा खोप पठाईसकिएको भट्टले जानकारी दिए । दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा आज खोप पठाइने उनले बताए । 

Atrya hospital

१२ देखि १७ बर्ष उमेर समूहका ३१ हजार बढी बालबालिकाहरुलाई मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो । जिल्लामा १२ देखि १७ बर्ष उमेरका ३८ हजार बढी बालबालिका रहेका भएपनि ३१ हजार बढीलाई मात्रै मोडर्ना खोपको पहिलो मात्रा दिइएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । खोपको अभावमा सबै बालबालिकाहरुलाई खोप दिन नसकिएको उनले बताए । 

खोपको पहिलो मात्रा लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा दिइने भएको हो । यसका लागि पालिकाहरुले सम्बन्धित विद्यालयहरुसंग समन्वय गरेर खोप अभियान सञ्चालन गर्नेछन् । 

जिल्लामा १२ बर्षमाथिका १ लाख ६ हजार २५२ जनाले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् । यस्तै १ लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update