बैतडी–बैतडीको पाटन नगरपालिकास्थित कृष्ण माविमा पाटनमा ८ कोठे छात्रबास भवन निर्माण गरिएको छ । प्रदेश सांसद प्रेम प्रकाश भट्ट (आदित्य)ले प्रदेश पूर्वाधार कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेपछि छात्राबास भवन निर्माण गरिएको हो ।
७५ लाखको लागतमा अर्चना निर्माण सेवा कम्पनीले छात्रबास भवन निर्माण गरेको समाजसेवी कमल बोहराले बताए । विद्यालयमा अध्ययन गर्नका लागि बाहिरबाट आउने विद्यार्थीहरुलाई अब सहज भएको उनले बताए ।
यसैबीच छात्रबास भवनको आज एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको छ । प्रदेश सांसद प्रेमप्रकाश भट्टले छात्रबास भवनको उद्दघाटन गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर चन्दको अध्यक्षतामा भएको भवन उद्दघाटन कार्यक्रममा प्रदेश सांसद भट्ट प्रमुख अतिथी रहेका थिए ।
भवन उद्दघाटन कार्यक्रममा बोल्दै सांसद भट्टले कृष्ण माविलाई नमूना विद्यालय बनाउनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।