Sagun Khabar
बैतडीमा सामुदायिक प्रहरी सेवा केन्द्रसंग मिलेर मास्क वितरण गर्दै स्वयंसेवक 

बैतडी –बैतडीमा कोरोना संक्रमण रोकथाम र जोखिम न्यूनीकरणका लागि स्वयंसेवकहरुले नागरिकलाई स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्न थालेका छन् । युनिसेफ नेपालको सहयोगमा बास नेपालका स्वयंसेवकहरुले मास्क वितरण समेत गर्ने गरेका सामाजिक परिचालक निशा भट्टले बताइन् । 

सामुदायिक प्रहरी सेवा केन्द्रसंग मिलेर मास्क नलगाएका नागरिकलाई मास्क वितरण गर्ने र उनीहरुलाई स्वास्थ्यका मापदण्डका बारेमा जानकारी दिने गरिएको उनले बताइन् । 

Atrya hospital

सोमबार जिल्लाको गोठलापानी, गढी र शाहीलेक बजारमा मास्क वितरण अभियान सञ्चालन गरिएको भट्टले बताइन् । 
कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेकाले यसबाट नागरिकलाई बच्न आग्रह गर्र्दै मास्क वितरण गर्ने गरिएको स्वयंसेवक निर्मला टेरले बताइन् । 

नेपाल प्रहरीले पनि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसंग मिलेर कोरोना भाइरस रोकथामका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १८:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update