बैतडी –बैतडीमा सोमबार थप ४७ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा ६ जना र एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए ।
आज संक्रमण पुष्टि हुनेमा पाटन नगरपालिकाका २२ जना, दशरथचन्द नगरपालिकाका १० जना, मेलौली नगरपालिकाका ४ जना, पुर्चौडी नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका २÷२ जना रहेका छन् । यस्तै जिल्ला बाहिरका एकजनामा पनि आज संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सोमबार थप ४७ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या २७८ पुगेको छ । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ७९ जना, दशरथचन्द नगरपालिकामा ५८ जना, पुर्चौंडी नगरपालिकामा ३३ जना र मेलौली नगरपालिकामा ३४ जना रहेका छन् ।
यस्तै शिवनाथ गाउँपालिकामा ८ जना, पञ्चेश्वर र सिगास गाउँपालिकामा ७÷७ जना, सुर्नया गाउँपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा २ जना र डिलाशैनी गाउँपालिकामा एक जना सक्रिय संक्रमित रहेका छन् ।
बैतडीमा जिल्ला बाहिरका ४६ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार जिल्लाभरी १४ जना संक्रमणमुक्त भएका छन् ।