Sagun Khabar
सोमबार सुदूरपश्चिममा ७९ जनाले कोरोना जिते, १७ जनाको मृत्यु 

बैतडी – सोमबार सुदूरपश्चिममा ७९ जना कोरोना संक्रमितले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लाका ७९ जना संक्रमितले कोरोनाको जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै प्रदेशमा गएको २४ घण्टामा कोरोनाबाट १७ जनाको मृत्यु भएको छ । कैलालीमा ८, कञ्चनपुरमा ५, बाजुरामा ३, डोटी र बैतडीमा १÷१ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

Atrya hospital

यस्तै टीकापुर अस्पतालमा उपचाररत ५ जना कोरोनाका शंकास्पद बिरामीको मृत्यु भएको भएपनि उनीहरुको कोरोना रिपोट प्राप्त नभएको निर्देशनालयले जनाएको छ ।

यस्तै प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ६८९ जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट परीक्ष्णा गर्दा ९२ जना र पीसीआर विधिबाट परीक्षण गर्दा ५९७ जनामा कोरोना पुष्टि भएको हो । 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update