Sagun Khabar
बैतडीमा जिप व्यवसायीले चर्को भाडा असुल्ने गरेको गुनासो 

बैतडी –बैतडीमा जिप व्यवसायीहरुले मनोमानी भाडा असुल्ने गरेको गुनासो आउन थालेको छ । सतबाँझदेखि बैतडी सदरमुकाम सम्मको अढाई सय भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । 

जिपको सिट पास भए अनुुसार मात्रै ट्राफिक प्रहरीले यात्रु बोक्न भनेपछि जिप व्यवसायीले यात्रुहरुबाट चर्को भाडा असुल्न थालेका हुन् । 

Atrya hospital

जिपमा चढ्नुभन्दा पहिला नै भाडाको बार्गेनिङ गर्ने र त्यसपछि मात्रै यात्रुहरुलाई जिपमा बस्न दिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । जिप व्यवसायीहरुले चर्को भाडा असुलेको धेरैले सामाजिक सञ्जाल फेसबुक मार्फत समेत गुनासो व्यक्त छन् । 

जिप व्यवसायीहरुले बढी यात्रु बोक्न नपाएको भन्दै यात्रुबाट बढी भाडा असुल्नु राम्रो नभएको स्थानीय तोरण चन्दले फेसबुकमा लेखेका छन् । उनले भनेका छन् ‘कति सीट पास गाडी हो ? कति यात्रु बोक्न पाउने ? यो गाडी साहुहरुले पहिला नै बुझ्नुपर्छ । तर यात्रुबाट बढी भाडा लिन पाइँदैन् ।’

जिप व्यवसायीहरुले बढी भाडा असुल गर्दा समेत स्थानीय प्रशासनले कुनै चासो नदिएको यात्रुहरुले आरोप लगाएका छन् । 

तर जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख लोकेन्द्र रावलले बढी भाडा लिएको गुनासो अहिले सम्म आफूहरुकहाँ नआएको बताए । जिपमा सवार यात्रुहरुलाई सोध्दा समेत उनीहरुले बढी भाडा तिरेको बिषयमा नबताउने गरेको रावलले बताए । 

यात्रुहरुले बढी भाडा तिरेको बिषयमा ट्राफिक प्रहरीलाई लिखित वा मौखिक रुपमा जानकारी दिएमा बाढी लिनेमाथि कानुनी कारवाही गरिने रावलले दाबी गरे । 
 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update