काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते हुने घोषणा गरेका छन्। जेठ ५ गते २०७४ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने हुँदा एक दिनअघि चुनाव गर्ने गरी औपचारिक रुपमा मिति घोषणा हुने उनले सोमबार जानकारी दिएका हुन्।
सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यू जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो।’ भेटमा सहभागी कांग्रेसका एक पूर्वकेन्द्रीय सदस्यले पनि प्रधानमन्त्रीले जेठ ४ गते चुनाव हुने बताएको जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८ १४:३७
प्रतिक्रिया दिनुहोस्