बैतडी –बैतडीमा मंगलबार थप १५ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको एन्टीजेन परीक्षणबाट थप १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए ।
आज संक्रमण पुष्टि हुनेमा सुर्नया गाउँपालिकाका १० जना, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका एक÷एक जना रहेका छन् । यस्तै जिल्ला बाहिरका दुई जनामा पनि आज संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मंगलबार थप १५ जनामा कोरोना पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या २ सय ७९ पुगेको छ । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ७९ जना, दशरथचन्द नगरपालिकामा ४६ जना, मेलौली नगरपालिकामा ३४ जना र पुर्चौंडी नगरपालिकामा ३४ जना रहेका छन् ।
यस्तै सुर्नया गाउँपालिकामा १२ जना, शिवनाथ गाउँपालिकामा ८ जना, पञ्चेश्वर र सिगास गाउँपालिकामा ७÷७ जना, डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका ४८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै मंगलबार जिल्लाभरी १४ जना संक्रमणमुक्त भएका छन् ।