Sagun Khabar
बैतडीमा बाँदर आतंक : चक्काजामदेखि वडा कार्यालय सम्म बन्द गर्ने स्थानीयको चेतावनी 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ४ मा बाँदर आतंक नियन्त्रणका लागि सरोकारवालालाई दबाब दिने उद्देश्यले गठन भएको संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

सोमबार वडा कार्यालय, गाउँपालिका, प्रशासन र डिभिजन वन कार्यालयलाई ज्ञापन पत्र बुझाएको संघर्ष समितिले १५ दिनभित्र माग पूरा गर्नुपर्ने उल्लेख गरेको छ । बाँदर धपाउनका लागि उपयुक्त उपाय निकालेर किसानलाई बाँच्ने वातावरण बनाउन आफूहरुले आग्रह गरेको संघर्ष समितिका संयोजक इन्द्रदेवशरण भट्टले बताए । 

Atrya hospital

मंगलबार संघर्ष समिति सहित स्थानीयहरुको भेलाले बाँदर आतंकबाट छुटकरा दिलाउन सबैको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएको र माग पूरा नभए संघर्षका कार्यक्रम अगाडि बढाउने निर्णय भएको स्थानीय उमेश भट्टले बताए । 

आफूहरुले माग पूरा गर्न १५ दिनको म्याद दिएको र त्यो समयभित्र कुनै उपाय ननिकाले वडा कार्यालयमा तालाबन्दी देखि लिएर प्रशासन कार्यालयमा धर्ना दिने सम्मका कार्यक्रम तय गरेको उनले बताए । यस्तै महाकाली राजमार्ग समेत अवरुद्ध गर्ने उनीहरुले संघर्षका कार्यक्रममा राखेका छन् । 

बाँदरले बालीनाली सखाप पार्नुका साथै भित्र राखेको खानेकुरा समेत खान थालेपछि आफूहरु हैरान भएको स्थानीयहरुले बताएका छन् । घरका सिलेट समेत बाँदरले उखेलेर भित्र जान थालेका भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update