Sagun Khabar
दार्चुला–तिकंर सडकको थप ४ किलोमिटर नेपाली सेनाले निर्माण गर्ने 

दार्चुला –सरकारले दार्चुलाको तुषारपानीदेखि कोठाधारसम्मको ४ किलोमिटर सडकको ट्रयाक निर्माण नेपाली सेनाबाट गराउन स्वीकृति दिएको छ । । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । दार्चुला तिंकर सडक अन्तरगत सुनसेरासम्म अहिले ट्रयाक खुलेको छ । त्यहाँबाट अगाडि नेपाली सेना र ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो । 

दार्चुला तिंकर सडक आयोजना कार्यालयले ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरेपछि थप ४ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले जिम्मा पाएको हो । सम्झौता अनुसार काम नभएपछि ठेकेदार कम्पनी कारवाहीमा परेको थियो । कोठेधारदेखि तिंकरसम्म यसअघि नै ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय भइसकेको छ । अहिले त्यहाँ काम भइरहेको छ । सेनाले उक्त क्षेत्रमा अहिले दुईवटा क्याम्प खडा गरेर काम गरिरहेको छ । 

Atrya hospital

महाकाली लोकमार्ग अन्तरगतको ४२५ किलोमिटर अन्तरगत दार्चुला खलंगादेखि तिंकरसम्म १३४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम जारी रहेको छ । सडक अन्तरगत यो आर्थिक वर्षमा बहुवर्षीय ठेक्का स्वीकृत गरी ३ अर्ब ९७ करोड बजेट सुनिश्चित भएको छ । 

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update