Sagun Khabar
दार्चुला प्रशासनद्वारा ५ बुँदे आदेश जारी,  के गर्न पाइन्छ, के गर्न पाइदैन ? (आदेश सहित) 

दार्चुला –कोभीड संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार ५ बुँदे आदेश जारी गरेको छ । कोभीड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिश, संक्रामक रोग ऐन–२०२० को दफा २ र स्थानीय प्रशासन ऐन –२०२८ को दफा ६ (३)को अधिकार प्रयोग गरेर आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कोरोना भाईरसको संक्रमण बढ्दै गएकाले माघ मसान्त सम्म भीडभाड हुने खालका कार्यक्रम सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख गरिएको छ । यस्तै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप भौतिक उपस्थितीमा माघ मसान्त सम्म गर्न नपाइने उल्लेख गरिएको छ । त्यस्ता क्रियाकलापहरु भर्चुअल माध्यमबाट गर्न आग्रह गरिएको छ । 

Atrya hospital

यस्तै दार्चुला जिल्लामा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई माघ २० देखि २३ गते सम्म कोरोना विरुद्ध खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ । यस्तै अन्य कुराको हकमा यसअघि पौष २९ गते जारी भएको आदेश अनुसार गर्न भनिएको छ । 

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको आदेशको पालना नगरे कानुन अनुसार कारवाही हुने समेत उल्लेख गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update