Sagun Khabar
तीन दिनभित्र बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आह्वान
Atrya hospital

काठमाण्डौं –राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छिन्  । 

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई यही वैशाख ३० गते राति नौ बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी हुन् । 

यसअघि सोमबार दिउँसो नै भएको मत विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत जुटाउन असफल भएका थिए । 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०७:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update