Sagun Khabar
दार्चुलामा महाकालीमाथि मोटरेबल पुल बनाउन भारतसंग सम्झौता 
Atrya hospital

काठमाण्डौं –दार्चुलाको महाकाली नदीमाथि मोटरेबल पुल बनाउन भारत र  नेपालबीच सम्झौता भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भारतले अनुदानमा पुल बनाउने सचिव श्रेष्ठले बताए ।

भारतीय पक्षले महाकाली नगरपालिका–८ असिगडामा पुल निर्माणका लागि डिपीआर तयार भइसकेको र छिटै काम सुरू हुने जानकारी दिएको श्रेष्ठले बताए । सम्झौता गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणकुमारी यादवको समेत उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update