Sagun Khabar
हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्न लगाउने बाजुराका एक युवकलाई जन्मकैद सजाय 

कैलाली –हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ । करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको हो । 

राजकुमारमाथि भाउजु नाता पर्ने युवतीलाई बलात्कार गरेको आरोप थियो । बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन् । राजकुमारले बच्चा जन्मिने बित्तिकै मारिदिनु भन्दै दबाव दिँदै आएको पीडित पक्षको आरोप थियो । 

Atrya hospital

कुनै समस्या आए आफू जवाफदेही हुने भन्दै पटक पटक राजकुमारले दबाव दिएपछि युवतीले जन्मेको ३४ दिनमा बिषादी खुवाई आफ्नै सन्तानको हत्या गरेकी थिइन् । 

उक्त मुद्दामा बाजुरा जिल्ला अदालतले राजकुमारलाई निर्दोष भन्दै सफाइ दिएको थियो । तर मंगलबार उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतवहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । 

यस्तै युवतीलाई चार वर्ष कैद हुने गरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय भने उच्च अदालतले सदर गरेको छ । विषादी जडिबुटी ल्याएर बालकलाई खुवाउन सहयोग गरेको आरोपमा एक महिलालाई ६ महिना कैद सजाय सुनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update