Sagun Khabar
राप्रपा कञ्चनपुरका सचिव हेमबाबु लेखकले पार्टी परित्याग किन गरे ? 
Atrya hospital

बैतडी –राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका सचिव हेमबाबु लेखकले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । पार्टी नेतृत्वसंग सल्लाह गरेर नै आफूले पार्टीबाट राजीनामा दिएको उनले बताए । 

राप्रपाको नयाँ नेतृत्व चयन भएपछि लेखकले पार्टीबाट राजीनामा दिएका हुन् । राप्रपाको केन्द्रिय सदस्य र प्रवक्ताको समेत जिम्मेवारीमा रही सकेका लेखकले उपयुक्त समयमा पार्टी परित्याग गरेको बताएका छन् । उनले भने ‘मैले पार्टी अप्ठ्यारोमा परेको बेला चट्टान झै उभिएर साथ दिएको थिए । तर अहिले त्यस्तो अवस्था छैन् । त्यसैले मैले पार्टीको सक्रिय राजनीति छोडेको हुँ ।’

तत्कालै कुनै पार्टीमा जाने कुरा उनले अस्वीकार गरेका छन् । आफू शुरुदेखि नै लेखनको क्षेत्रमा रहेको र लेखन कार्यलाई अघि बढाउने लेखकले बताए । तर उनले राप्रपाको वर्तमान नेतृत्वले सबैलाई मिलाएर लैजान नसकेको भने आरोप लगाए ।   
 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १४:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update