बैतडी –बुधवार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीले मौसम बद्ली हुने सम्भवाना बढेको छ । बुधवार विशेष बुलेटिन जारी गर्दै जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीवार सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ ।
यस्तै बिहीबार नै सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार देशभरी सामान्यदेखि पूर्ण बदली हुने र उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ÷असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आइतबारदेखि मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने जनाइएको छ ।