बैतडी – बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले आफ्ना सबै सेवा सुचारु गरेको छ । केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि यही माघ ९ गतेदेखि केन्द्रले आकस्मिक र अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो ।
कोरोना जितेर केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी काममा फर्केपछि सेवा सुचारु भएका केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताए ।
जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका सेवा बन्द हुँदा स्थानीयहरुलाई असहज भएको थियो । सेवा सुचारु भएपछि स्थानीय नागरिकलाई सेवा लिन सहज भएको दयालले बताए ।
कोरोना भाइरसको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न भने उनले आग्रह गरेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८ १६:२४
प्रतिक्रिया दिनुहोस्