Sagun Khabar
सगुन खबर सञ्चालनमा
Atrya hospital

रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जको मातृ संस्था अनिरुद्र प्रशारण प्रालिले डिजिटल पत्रिका सगुन खबर डटकम सञ्चालनमा ल्याएको छ । सुन्न, हेर्न र पढ्न सकिने गरेर सगुन खबर सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक महेश अवस्थीले बताए । उनले भने ‘आम पाठकका इच्छा अनुसार हामीले रेडियोको साथसाथै डिजिटल पत्रिका पनि सञ्चालनमा ल्याएका छौं । यसमा सबैको सहयोग हुने हामीले विश्वास गरेका छौं ।’
सामाजिक बिषयवस्तुलाई सञ्चार माध्यममा ल्याउने हिसाबले सगुन खबर सञ्चालनमा ल्याइएको अवस्थीले बताए । बदलिँदो परिवेश अनुसार श्रोता, पाठक र दर्शकलाई सहज हुने गरेर डिजिटल पत्रिका सञ्चालनमा ल्याइएको उनले बताए । उनले भने ‘अहिले बदलिँदो परिवेश छ । यो परिवेशमा आमश्रोत, पाठक र दर्शकलाई सहज होस भनेर हामीले सगुन खबर डिजिटल पत्रिका सञ्चालनमा ल्याएका हौं ।’
खास गरेर सुदूरपश्चिममा रहेका भाषा, संस्कृति, समस्या, विकास निर्माण लगायतका कुरामा केन्द्रित भएर पत्रिकाले आफ्नो पहिचान बनाउने बताइएको छ । आम पाठक, श्रोता र दर्शकको मनजित्ने सामग्री पत्रिकामा राखिने व्यवस्थापनले जनाएको छ । सगुन खबर डटकममा रेडियो निङ्गलाशैनी सुन्न सकिने, समाचार पढ्न सकिने र सगुन अनलाइन टीभी हेर्न सकिनेछ ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update