बैतडी –बैतडीमा बुधबार थप ८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा एक जना र एन्टीजेन विधिबाट परीक्षणबाट ७ जना गरी थप ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए ।
आज संक्रमण पुष्टि हुनेमा पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र पुर्चौंडी नगरपालिकाका २÷२ जना र मेलौली नगरपालिकाका एक जना रहेका छन् । यस्तै जिल्ला बाहिरका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ३६ रहेको छ । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ६४ जना, दशरथचन्द नगरपालिकामा ४१ जना, पुर्चौंडी नगरपालिकामा ३१ जना र मेलौली नगरपालिकामा ३० जना रहेका छन् ।
यस्तै सुर्नया गाउँपालिकामा ११ जना, शिवनाथ गाउँपालिकामा १० जना, सिगास गाउँपालिकामा ५ जना, पञ्चेश्वर गाउँपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा २ जना र डिलाशैनी गाउँपालिकामा एकजना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा ३८ जना जिल्ला बाहिरका सक्रिय संक्रमित रहेका छन् ।
बुधबार जिल्लामा ५१ जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।