बैतडी –सुदूरपश्चिम प्रदेशमा बुधबार थप २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ सय ३० जनाको एन्टिजेन र १ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा थप २०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ४७२ जना सक्रिय संक्रमित रहेका छन् । प्रदेशभरी आज ५३ जना संक्रमणमुक्त भएका निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८ १८:०६
प्रतिक्रिया दिनुहोस्