Sagun Khabar
बैतडीमा भारी हिमपात

बैतडीमा भारी हिमपात भइरहेको छ । बिहिवार दिउँसो बाट हिउँ परिरहेको हो । भारी हिमपात भएपछि जनजीवन कस्टकर बनेको छ ।

एक्कासी बाक्लो हिमपात भएपछि यातायातका साधनहरू बिच बाटोमै रोकिएपछि यात्रुहरू अलपत्र परेका छन । हिमपात भएपछि यात्रुहरू अनारखोलिमा अलपत्र परेको डडेल्धुरा अस्पताल बाट घर फर्किरहेका नवराज अवस्थीले बताए । आफुमात्र नभएर गाडिहरू जाम परेका कारण थुप्रै यात्रुहरू अलपत्र परेका अवस्थीले बताए ।

Atrya hospital

हिमपातका कारण जनजिवन कस्टकर बनेपनि हिउदे बालि सप्रिने भन्दै किसानहरू खुसि भएका छन । मौसममा आएको बदलाव शनिवार सम्म रहने र आइतबार देखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसम विदहरूले बताएका छन ।

हिमपात संगै चिसो बढेकोले बृद्धबृद्धा, बालबालिकाहरूको स्वास्थ्यमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूले जोड दिएका छन ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update