Sagun Khabar
बैतडीमा भारी हिमपात, यातायात अवरुद्ध जनजीवन कष्टकर
Atrya hospital

बैतडी लगायत उच्च पहाडी तथा हिमाली भु भागमा भारी हिमपात हुदा जनजीवन कस्टकर बनेको छ । बिहिवार दिउँसो देखि हिमपात हुदा अनारखोलि, सतबाँझ,खोडपे लगायतका ठाउँहरूमा यतायात ठप्प बनेको हो । यातायात ठप्प हुदा यात्रुहरू बिचबाटोमै अलपत्र परेका छन । अनारखोलिमा अलपत्र परेका जनक अवस्थीले भने हिजो देखि खान बस्न समेत समस्या भएको छ घर फर्किदै थियौ तर एक्कासि हिमपात हुदा बाटोमै अलपत्र परेका छौ ।

अहिले डोजरले हिउँ पन्छाइरहेकाेले दिउँसो सम्म केही उपाय हुन सक्छ खोडपेमा अलपत्र परेका अर्का यात्रु नवराज अवस्थीले बताए । हिमपात संगै बिहिवार साँझ देखि बिधुत नहुदा मोबाइल नेटवर्क समेत धेरै ठाउँमा काम गरिरहेको छैन । बिधुत नहुदा मोबाइल चार्ज  गर्न नपाएर एक आर्को बिच सम्पर्क गर्न नपाउदा झन समस्या भएको छ ।

मौसम  अझै एक दुई दिन यस्तै रहने भएकोले सचेत रहन मौसम बिदहरूले आग्रह गरेका छन । मौसममा आइतबार देखि मात्रै क्रमिक सुधार आउने बताईएको छ  ।

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update