बैतडी लगायत पहाडी तथा हिमाली जिल्लाहरूमा बाक्लो हिमपात भएपछि सडकहरू अवरुद्ध बनेका छन । बैतडीमा बिहिवार देखि भएको हिमपातका कारण अवरुद्ध सडक खुलाउन जेसीबिहरू ठाउँ ठाउँमा लगाइएको सडक डिभिजन कार्यालय पाटन बैतडीले जनाएको छ ।
यस्तै हिमपातका कारण बैतडीमा बिहिवार देखि बिधुत सेवा अवरुद्ध भएको छ । अवरुद्ध बिधुत सेवा सूचारू गर्ने प्रयास भइरहेको बिधुत वितरण केन्द्र बैतडीले जनाएको छ । बिधुत नहुदा मोबाइल नेटवर्कले समेत काम नगर्दा समस्या भएको छ । हिमपात संगै पानी परिरहेकोले अवरुद्ध सेवा सञ्चालन गर्न समस्या भइरहेको कार्यालयहरूले जनाएको छ ।
मौसम बदली भइ हिमपात र पानी पर्ने क्रम शनिबार सम्म रहने भएकोले सजग रहन मौसम विदहरूले आग्रह गरेका छन ।
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८ १५:५५
प्रतिक्रिया दिनुहोस्