बैतडी- हिमपातका कारण बन्द बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अझै सञ्चालनमा आएको छैन् । चार दिनदेखि अवरुद्ध राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा बाक्लो हिउँ जमेकाले सडक खुलाउन समस्या भइरहेको छ ।
बिहीबार दिउँसोदेखि राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवहाक तथा मालवहाक सवारी साधनहरुबीच बाटोमै रोकिएका अलपत्र छन् ।
अवरुद्ध राजमार्ग खुलाउन निरन्तर प्रयासमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । दुई जेसिबीको प्रयोग गरी राजमार्ग खुलाउन लागीए पनी बाक्लो हिउँ जमेकाका कारण ढिलाई भएको छ र आज अप्राह्न्नपछि सञ्चालनमा आउन सक्ने खड्काले बताए ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८ १२:४२
प्रतिक्रिया दिनुहोस्