Sagun Khabar
जयपृथ्वी राजमार्ग चार दिनपछि सञ्चालनमा
Atrya hospital

बैतडी- हिमपातका कारण बन्द बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग  सञ्चालनमा आएको छ । चार दिनदेखि अवरुद्ध राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा परेको बाक्लो हिउँ डोजरले पन्छ्याए पछि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

बिहीबार दिउँसोदेखि राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवहाक तथा मालवहाक सवारी साधनहरुबीच बाटोमै रोकिएका थिए ।  
 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update