Sagun Khabar
बैतडीमा नेपाल टेलिकमको सतबाँझ टावर चार दिनदेखि अवरुद्ध
फाईल फोटो
Atrya hospital

बैतडी नेपाल टेलिकमको सतबाँझ टावरमा समस्या आएपछि बैतडीको सुर्नया गाउँपालिका,पुचौँडी नगरपालिका, दशरथच्नद न पा १ लगायतका ठाउँहरूमा सञ्चार सेवा अवरुद्ध भएको छ ।
सञ्चार सेवा अवरुद्ध भएपछि सेवाग्राही मारमा परेका छन् । विहिबार देखि अवरुद्ध सञ्चार सेवा सञ्चालन हुन नसक्दा बैंक तथा वित्तिय संस्था,सञ्चार माध्यमहरू समेत प्रभावित भएका छन् ।  
सुर्नयाको सतबाँझ टावरमा विद्युत आपूर्ति नहुदा समस्या भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम राम टमटाले बताए । विद्युत पुर्णरुपमा सञ्चालनमा नआए सम्म समस्या हुन सक्ने टमटाको भनाइ छ । 
सतबाँझमा रहेको रिपिटर टावर भएकोले बिजुल,ढोल्यामोड लगायतका टावरहरु पनि सञ्चालनमा नरहेको प्रमुख टमाटाले बताए ।  सतबाँझ  टावर  यस अघि पनि पटक पटक अवरुद्ध हुने गरेकोले समय समयमा सतबाँझ टावरले दुख दिइरहने नागरिकहरूको भनाइ छ  । 
विधुत नहुदा वैकल्पिक व्यवस्था नभएका कारण पटक पटक अवरुद्ध हुने गरेको सतबाँझ टावर व्यवस्थित गर्न सम्बन्धित निकायबाट पहल नभएको सेवाग्राहीहरूले गुनासो गरेका छन ।
 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update