Sagun Khabar
हिउँमा फसेकालाई खानेकुरा छोडेर फर्कियो सेनाको हेलिकप्टर
फोटो स्रोतः उज्यालो

जुम्ला – जुम्लाकाे गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेकाहरूलाई खानेकुरा छाेडेर नेपाली सेनाकाे हेलिकप्टर फर्किएको छ । हिउँमा ३६ जना मानिस फसेका सेनाले जनाएकाे छ । 

कर्णाली प्रदेश सरकाले सुर्खेतबाट पठाएको हेलिकप्टरले हिउँका कारण तीन ठाउँमा फसेका नागरिकहरूलाई खानेकुरा छाडेर फर्किएको हाे ।  

Atrya hospital

नन्द वक्स गण जुम्लाका गणपति रविन थापाले हिउँमा फसेकाहरूलाई भोकबाट बचाउन खानेकुरा खसालेर हेलिकप्टर फिर्ता भएको हाे । उहाँका अनुसार तातोपानी गाउँपालिका ८ मा रहेका गाग्रा, ऐडी ओडार र खोटेसल्लामा खानेकुरा खसालेर हेलिकप्टर फिर्ता भएको हो ।  

स्थानीयवासी सुरतबहादुर शाहीसहितकाे टाेली चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा गएकाे थियाे ।    

जिल्ला प्रशासन कार्यालय जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले हिउँमा फसेकाहरू सुरक्षित रहेकाे र उनीहरूकाे उद्धारका लागि गाउँपालिका र प्रदेश सरकारसँग समन्वय भइरहेकाे बताउनुभयाे । हेलिकप्टरमा लगिएका खानेकुरा उनीहरूले प्राप्त गरेका र भारी हिमपातले भने हेलिकप्टर बस्न नसकेकाे उहाँले जानकारी दिनुभयाे । 

हिउँमा फसेकाहरू सेतक चिनी (खिरौँला) कोर्न पाटन गएका थिए । त्यही क्रममा हिउँ परेपछि उनीहरू फसेका थिए ।# उज्यालो#

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update