बैतडी – बैतडीमा आइतबार आज थप ७ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको एन्टीजेन परीक्षणबाट थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए ।
आज संक्रमण पुष्टि हुनेमा पुर्चौंडी नगरपालिका र दागडाकेदार गाउँपालिकाका तीन÷तीन जना रहेका छन् भने सिगास गाउँपालिकाका १ जना रहेका छन् ।
आइतबार थप ७ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा सक्रिय संक्रमितको संख्या १ सय ६१ पुगेको छ । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ३७ जना, दशरथचन्द नगरपालिकामा २२ जना, मेलौली नगरपालिकामा १३ जना र पुर्चौंडी नगरपालिकामा ३१ जना रहेका छन् ।
यस्तै सुर्नया गाउँपालिकामा ७ जना, शिवनाथ गाउँपालिकामा १० जना, पञ्चेश्वरमा २ , सिगास गाउँपालिकामा ३ जना र दोगडाकेदार गाउँपालिकामा ४ जना सक्रिय संक्रमित रहेका जनाइएको छ । डिलाशैनि गाउँपालिकामा तत्कालका लागी सक्रिय संक्रमितको संख्या सुन्य रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
बैतडीमा जिल्ला बाहिरका ३२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै खनज आइतबार जिल्लाभरी १२ जना संक्रमणमुक्त भएका छन् ।