Sagun Khabar
टर्किमा रहेका बैतडीका युवा ५ दिन देखि बेपत्ता,परिवार भन्छ मेनपावरका सञ्चालकले छोरा गायब गर्यो ?

बैतडी सुर्नया ६ पुर्खौलि घर भइ हाल महेन्द्रनगर बंक बस्ने दिव्य देव अवस्थी यहीँ असोज २१ गते टर्कि उडे । टर्की पुगेर तीन महिना सम्म अलपत्र अवस्थामा मर्नु न बाच्नु बनाएर मेनपावरले छोडिदियो । टर्किबाटै ग्रिस लान्छु भनेर हिडाएका मेनपावरका कर्मचारिहरूले माघ १७ गते लगेका थिए तर ६ जना साथीहरू फर्किदा पनि दिव्य ५ दिन देखि सम्पर्क बिहिन छन ।

घरको सहारा जेठो छोरो वेपता भएपछि कञ्चनपुर कृष्णपुर नगरपालिका–२ बंकमा रहेको अवस्थी परिवार यति बेला बिक्षिप्त अवस्थामा छ । छोरो धन कमाउछ भन्ने आश बोकेर नै ६/७ लाख ऋण गरेर विदेश पठाएका थिए । घरमा १० जनाको परिवार रहेको अवस्थी परिवारमा खासै रोजगारि गर्ने कोहि छैनन त्यँहि छोराको आश बोकेर बसेका परिवार माघ १८ गते देखि मोबाइलमा छोराको फोन कुरेर बसेका छन तर न फोन आउँछ न छोराको म्यासेज ।

दिव्य देवले कान्छा भाइ हेम राज संग अन्तिम कुरा यहीँ माघ १७ गते गरेका थिए । दिव्यले भाइ हेम राज संग भनेका थिए टर्कि आएर फसे भाइ ६ लाख ऋण पर्यो के गरेर तिर्नु दलालले फसायो । राम्रो काम छ वैधानिक रूपमा भिसा लाउछु, राम्रो तलव दिलाउछु भन्यो तर यहाँ खान बस्न पनि समस्या छ । घरमा आएर के गर्नु कसरी ऋण तिर्नु यतै बाट ग्रिस जान्छु एक जना काम मिलाइदिने ग्रिष लगिदिने मान्छे छ भन्दै १७ गते भाइ संग अन्तिम कुरा भएको थियो त्यस पछि कुनै सम्पर्क नभएको परिवारले बताएको छ ।

Atrya hospital

टर्कि कसरी पुगे दिव्य, टर्कि पुगेपछि कसरी बेपत्ता भए ?

यहि असोज २१ गतेका दिन टर्किको फ्लाइट छ भनेर जाने तयारी गर्न पहिले नै काठमाडौ गएका थिए दिव्य । काठमाडौं सिनामंगलस्थित mitta international main power का दलाल कुल राज मुडवरीले टर्कि जान सात लाख खर्च लाग्ने र राम्रो तलव सुविधाका साथ पठाउने सम्झौता गरेर लगभग ७ लाख पैसा लिएका थीए । त्यहि अनुरूप दिव्व सहित ७ जना नेपाली टर्कि उडे । टर्कि पुगेपछि दलालले भनेबमोजीम काम नै पाएनन । काम नपाएको कुरालाइ लिएर अलपत्र पर्दा मेनपावरका दलालले सम्पर्कमै आउन चाहेनन ।

दिव्य सहित नेपालिहरू टर्किमा अलपत्र परेकै अवस्थामा अर्का दलाल नेपाल रामेछाप घर भएका रेमन खडका संग दिव्यको भेट भयो । रेमनले फेरि दिव्य लगायत ६ जना संग टर्किबाट ग्रिस पुगाइदिने भन्दै २ लाख ७२ हजारका दरले पैसा मागेपछि दिन प्रतिदिन टार्दै गएर पैसा मात्रै खाए तर रेमनले पनि न काम दिलायो न ग्रिस पुगायो दिन बित्दै जादा सम्पर्क विहिन भए ।

निराश भएर घर फर्किने मनस्थिति बनाएका दिव्य सहित ६ जना नेपाली लाइ फेरि तेस्रो मेनपावरका दलाल नेपाल घनकुटा घर भएका विनोद कुवरले ग्रिष पुगाइदिने तर ग्रिष पुगेपछि मात्र ४ लाख १० हजारका दरले आफुलाई दिनुपर्ने सर्त राखे । काम नपाएर आजित भएका दिव्य सहित ७ जना नेपालीहरूले ठिकै होला नि त पैसा ग्रिष पुगेरै दिनुपर्छ भने त हामी जान तयार छौ भन्दै हिँडेर कसैले नदेख्ने गोप्य बाटो ग्रिस पुग्ने यात्रा तय गरे । ७ जना हिँडेर टर्कि र ग्रिसको सिमा नाकामा पुग्दा ग्रिष प्रहरीले थाहा पाएपछि ७ जना नै टर्कि फर्किन भन्यो ।

यो कुरा दलाललाई खबर गर्दा दलालले तिनिहरूलाइ लिन आयो । हिडदा हिडदा थाकेर गलिसकेका नेपालिहरूलाइ टर्कि फर्किन खोज्दा ६ जना नेपालिलाइ बोकेर ओैषधि गरेर फर्काएर ल्याए तर दिव्य अवस्थीलाइ अन्कन्टार बिच बाटोमा जहाँ घर छैन कुनै बजार छैन त्यस ठाउँमा छोडेर आए भनेर फर्केका दिव्यका साथिहरूले परिवारलाई जानकारी दिएका छन । ६ जना फर्केर टर्कि पुगिसकेका छन तर दिव्य ७ दिन हुदा पनि कहाँ छन त्यो अन्कन्टार ठाउँमा कस्तो अवस्थामा छन केही पतो छैन घरपरिवार लाई । मुटु रोगी दिव्यका बुवा लक्ष्मी अवस्थी सहित १० जनाको परिवार खाना, भोक, निन्द्रा बिना दिव्यको खबरको प्रतिक्षामा छन ।

परिवारले अहिले कुन कुरामा शंका गरेको छ ?

काठमाडौ बाट टर्कि पठाउने मेन पावरका सञ्चालक कुलराज मुडवरी र टर्किबाट ग्रिष पुगाइदिन्छु भन्ने रेमन खडका संग दिव्य देव अवस्थीले पैसा फिर्ता वा गरेको सम्झौता बमोजिमको पूरा काम गर्न माग रखेको बुझिएको छ । पैसा फिर्ता दिनुपर्छ भन्ने हिसावले दिव्यलाइ ती ठगि गर्ने मेनपावरका दलालहरूले पैसाको वारेमा कुरा गर्यो भने टर्किमै गायव गरिदिने धम्कि दिदै आइरहेको परिवार स्रोतले बताएको छ । यहि बिषयलाइ लिएर टर्किबाटै ठगिको बिषयमा सिधाकुरा टिमलाइ कुरा गरेर रिपोर्ट बनाइदिन तयारी गरिरहेका थिए दिव्यले । यो सबै कुरा थाहा पाएपछि दिव्यलाइ योजनाबद्ध रूपमा बिच बाटोमा तडपाउदै छोडने योजना अन्तर्गत नै मेनपावरका कर्मचारिहरूले छोडेको हुन सक्ने आरोप परिवारले लगाएको छ । यस बिषयमा सत्य तथ्य अनुसन्धान गरि दिन सम्बन्धित निकायलाइ परिवारले माग समेत गरेको छ ।

दिव्यदेव अवस्थी टर्किमा हुदा गरेको कुराकानीको स्कृनसट

 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  २०:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update