बैतडी -सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले केही समयअघि दिएको परामर्शअनुसार जेठ ४ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो । ४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८ १६:२४
प्रतिक्रिया दिनुहोस्