Sagun Khabar
बैतडीको गुरुखोला १ मुस्याचोरमा बर्षौं देखि खानेपानिको चरम समस्या 

बैतडी -बैतडीको दशरथचन्द नगरपालिका १ मुस्याचौर , गुरूखोला क्षेत्रमा बर्षौंदेखि खानेपानीको चरम समस्या रहेको छ । मुस्याचौर, गुरूखोला , खाल लगायत ठाउँका उपभोक्ताहरू बर्षौंदेखि खानेपानिको समस्या भोग्दै आइरहेका छन ।

बजार क्षेत्रका व्यवसायीहरूले टाढा टाढाबाट गाडीमा पानी बोकेर जोहो गर्नुपरेको स्थानिय व्यापारी राम बहादुर टेरले बताए । उनले भने “खानेपानीको चरम समस्या छ व्यवसाय गर्न निकै गार्हो छ । आफू होटेल व्यवसायी भएका कारण  टाढा टाढा बाट गाडीमा पानी बोक्नुपर्ने भएकोले ग्राहकहरूलाइ भने बमोजिम सेवा दिन समस्या छ” ।

Atrya hospital

गाडीको पहुँच हुनेले टाढा टाढाबाट पानी ढुवानी गरेपनि साना व्यवसायी तथा घरमा पानी उपभोग गर्ने उपभोक्ताहरूलाइ झन समस्या रहेको स्थानीय आरडी भट्टले बताए । बजार क्षेत्रमा एउटा मात्रै धारा रहेको र कहिलेकाँही त घण्टौँ लाइन बसेर पानिको जोहो गर्ने गरेको  भट्टको भनाइ छ  ।

२०४२ सालमा नतोलि गुरुखोला खानेपानि आयोजना अन्तर्गत मुस्याचौर नजिकै खाने पानी पुगेपनि अहिले सम्म बजार क्षेत्र तथा सडक छेउका नागरिकहरुले त्यसै योजना बाट पानी उपभोग गरिरहेका छन् ।  उक्त खानेपानी योजनामा अहिले सम्म मर्मत सम्भारका लागि कहिँ कतै बाट सहयोग नभएको स्थानीयहरूले बताएका छन । 

मुस्याचौर , गुरूखोला क्षेत्रको  खानेपानीको समस्या बारे आफू जानकार भएपनि वडाको वजेटले नभ्याएर खानेपानी योजना बन्न नसकेको वडा अध्यक्ष भुवन राज भट्टले बताए । यस बर्ष मर्मत सम्भारको लागि बजेटको व्यवस्थापन गरेर मर्मत गर्ने योजना रहेको अध्यक्ष भट्टको भनाइ छ ।

यस क्षेत्रमा दिर्घकालिन रुपमा समस्या समाधानको लागि वडाको वजेट अपुग भएको कारण प्रदेश सरकार संग बजेटको माग गरेर लिप्टिङ्ग सिस्टमबाट योजना निर्माण भइरहेको अध्यक्ष भट्टले बताए । 

पणेली गाउँ मुस्याचौर गुरुखोला क्रमागत आयोजना अन्तर्गत मुहानमा टंकि निर्माण गरि ३० प्रतिशत काम भइसकेको जनाएको छ । यस आर्थिक बर्षमा सक्ने गरि काम गराउने र प्रत्येक घर घरमा मिटर बाट पानी दिने गरि  सुख्खा फलफुलको जमिनमा टंकी राख्ने योजनाका साथ निर्माण कार्य भइरहेको वडा अध्यक्ष भट्टले बताएका छन  । उक्त लिप्टिङ्ग खानेपानी योजना सम्पन्न भएपछि यस क्षेत्रको समस्या समाधान हुने वडा अध्यक्ष भट्टले दावी गरेका छन ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १९:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update