बैतडी - बैतडीको घनघस्याको उकालो र नेपाल–भारतका हिमशृङ्खला एकैपटक हेर्न सकिने बैतडीको गणेशधुराले चर्चा नपाउँदा ओझेलमा परेको छ । गणेशधुराबाट बझाङको जेठी बहुरानी हिमाल, दार्चुलाको अपि नाम्पा र भारतको उत्तराखण्ड राज्यको पञ्चचुली हिमाल एकैपटक नियाल्न सकिन्छ ।
बैतडीको पाटन नगरपालिका १, डैसीली गाउँमाथी रहेको गणेशधुरा समुद्री सतहबाट २९ सय मीटर उचाइमा रहेको छ । यो धुराबाट डडेल्धुरा सदरमुकाम पनि सजिलै हेर्न सकिन्छ । दशरथचन्द राजमार्गको अनार खोलीबाट १३ किलोमिटर सडक यात्रा पार गरेर पाटन नगरपालिका १ डैसीली गाउँ पुगिन्छ । डंैसीलीबाट गणेशधुरा जान ढुङ्गाका पुराना सीढी रहेका छन् ।
करीब दुई किलोमीटरसम्म रहेको ढुङ्गाका सीढी संरक्षण नहुँदा भत्केका छन् । साउने संक्रान्तिमा त्यहा पूजा लाग्ने गरेको स्थानीय दलसिंह ठगुन्नाले बताउनुभयो । ऐतिहासिक धार्मिक स्थलका रूपमा गणेशधुराको पूजा गर्ने चलन रहे पनि यसको संरक्षण र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीय युवा तर्क्िसंह ठगुन्नाले बताउनुभयो ।